Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

किन मानिसको आयु जनावरको भन्दा लामो हुन्छ ? वैज्ञानिकहरूले गरे यस्तो खुलासा

४५६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ५, सोमबार (३ साल अघि)
किन मानिसको आयु जनावरको भन्दा लामो हुन्छ ? वैज्ञानिकहरूले गरे यस्तो खुलासा

न्युयोर्क, ५ वैशाख

के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन हाम्रो वरपरका जनावरहरूभन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाइँले एक वा धेरै पटक यसबारेमा सोचेको हुनुपर्छ ।
हाम्रा पशु साथीहरू– कुकुर वा बिरालाहरूका लागि २० वर्षको आयु लामो हुन्छ तर हाम्रा लागि ५०–६० वर्षको आयु कहिलेकाही छोटो मानिन्छ । किन ?

यसको साधारण कारण मानिसको औसत ७०–८० वर्षको उमेरमा मृत्यु हुनु हो । सन् २०१७ मा राष्ट्रसंघले मानिसको औषत आयु ७२ दशमलब ६ वर्ष जनाएको थियो ।
किन हाम्रो आयु लामो छ त ?

आयुले हाम्रो शरीरको आकारसँग केही सम्बन्ध राख्ने वैज्ञानिकहरू बताउँछन् । विज्ञहरूका अनुसार सानो शरिरको आकारले छिटो ऊर्जा खपत गर्छ जसले द्रुत गिरावट निम्त्याउँछ ।

उदाहरणका लागि एउटा मुसाको औसत आयु ३ दशमलब ७ वर्ष हुन्छ जबकी कुकुरको १० देखि १३ वर्षसम्म हुन्छ ।

त्यसो हो भने केवल पाँच इन्चको नांगो  तिल मुसाको आयु किन जिराफ जत्तिकै हुन्छ ? जिराफ सामान्यतया २४ वर्ष बाँच्छ भने सानो मुसा २५ वर्ष बाँच्छ ।

नेचर जर्नलमा प्रकाशित क्याम्ब्रिजको वेलकम सेंगर इन्स्टिच्युटले गरेको नयाँ अध्ययनले लामो वा छोटो आयुका पछाडि आनुवंशिक क्षय र डीएनए उत्परिवर्तनको दर रहेको जनाएको छ ।

अध्ययनअनुसार लामो आयु भएका जनावरहरूले सफलतापूर्वक आफ्नोे डीएनए उत्परिवर्तन ढिलो गर्छन्, जसले उनीहरूको लामो आयुमा योगदान पु-याउँछ ।

सोमाटिक उत्परिवर्तनहरू आनुवंशिक परिवर्तनहरू हुन् जुन सबै कोषिकाहरूमा हुन्छन् र प्रायः महत्वहीन हुन्छन् । तर, तिनीहरूमध्ये केहीले क्यान्सरको मार्गमा कोष राखिदिन सक्छन् वा सामान्य कार्यलाई असर गर्न सक्छन् ।

टेलीग्राफको एउटा रिपोर्टले अध्ययनका लेखकलाई उद्धृत गर्दै लेखेको छ, ‘मुसा र बाघजस्तै जनावरहरूमा आनुवंशिक परिवर्तनहरूको समान ढाँचा फेला पर्नु अचम्मको विषय  थियो । ’

अब जिराफ र नग्न तिल–मुसाको उदाहरणतर्फ फर्कौ। तिनीहरूको लगभग समान आयुको चाबी  आनुवंशिक उत्परिवर्तनको संख्यामा निहित छ । जिराफको आनुवंशिक उत्परिवर्तनको संख्या ९९ छ भने मुसाको ९३ हो ।

हामी मानिसहरूले एक वर्षमा मात्र ४७ उत्परिवर्तनहरू सामना फर्कौ । जबकी ३ दशमलब ७ वर्ष आयु भएका मुसाले हरेक वर्ष ७९६ उत्परिवर्तनहरू सामना गर्छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार खोजले बुढ्यौली प्रक्रिया, मृत्युको अपरिहार्यता र समयको बारेमा ज्ञानको ढोका खोल्छ ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution