Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सलाङघाट माईक्रो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १६ घाइते

११४६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ४, आईतबार (४ साल अघि)
सलाङघाट माईक्रो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १६ घाइते

धादिङ,०४ बैशाख।
पृथ्वी राजमार्ग अन्तरर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा माईक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आईतबार बिहान पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको यात्रुबाहक माईक्रो बस ओभेटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना ८ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत २६ वर्षीय मुना गुरुङ रहेकी छिन्। दुर्घटनामा घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौंमा उपचारका क्रममा मत्यु भएको हो ।

दुर्घटनामा तनहुँको दमौली घाँसेकुवा बस्ने ३४ वर्षीय बुद्धिसागर थापा, चितवनको माडी नगरपालिका ९ बस्ने ३५ वर्षीयकुमार सिंह भुजेल, माइक्रोका सहचालक व्यास नगरपालिका ४ बस्ने २८ वर्षीय नवीन ढकाल, व्यास नगरपालिका ३ बस्ने ३८ वर्षीय सिमा शाही ठकुरी, माइक्रोका चालक व्यास ११ बस्ने ४२ वर्षीय डम्बरबहादुर विक, म्याग्दी गापा १ बस्ने ४८ वर्षीय राजु लम्साल, वतन नखुलेको ३५ वर्षीय पूर्णबहादुर नेपाली घाइते भएका छन् ।

त्यस्तै तनहुँ बन्दिपुर गाउँपालिका १ बस्ने ३८ वर्षीय अर्जुन विश्वकर्मा, ४६ वर्षीया राज्यलक्ष्मी श्रेष्ठ, दमौली–१० बस्ने २५ वर्षीय जितु सुनार, व्यास नरपालिका ११ बस्ने ४५ वर्षीया मिरा खड्का, सोही ठाउँका ४० वर्षीया सरस्वती राई, तनहुँ व्यास नगरपालिका ११ बस्ने ४५ वर्षीया मीरा खड्का, सोही ठाउँकी ४० वर्षीया सरस्वती राई, म्याग्दी गाउँपालिका ६ बस्ने ३० वर्षीय लालबहादुर परियार, व्यास नगरपालिका १० बस्ने ५१ वर्षीय टिकाबहादुर दराइ घाइते भएका छन् ।

सामान्य घाइते भई मलेखु टिचिङ अस्पतालमा उपचाररत नवलपरासी कावासोती नगरपालिका १५ बस्ने ४० वर्षीय विजय बोटे र तनहुँ व्यास नगरपालिका ११ बस्ने १८ वर्षीय कोपिला राई भने डिस्चार्ज भएका छन् । घाइतेहरू सबैलाई धादिङको गजुरी अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचारपश्चात काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रक चालक फरार छन् भने कार चालक प्रहरीको नियन्त्रणमा छ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

  • Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

  • Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

    Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution