Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर १७, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शुक्लागण्डकीका मेयरले गाडी फिर्ता गरे

प्रत्यूष ४३७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ४, आईतबार (३ साल अघि)
शुक्लागण्डकीका मेयरले गाडी फिर्ता गरे

तनहुँ, ४ वैशाख। 

तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयरल प्रयोग गर्दै आईरहेको सवारी सुविधा फिर्ता गरेका छन् । आइतबार शुक्लागण्डकीका मेयर किसान गुरुङले प्रयोग गर्ने ग १ झ ३२१ नम्बरको सवारीको चाबी प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपानेलाई हस्तानतरण गर्दै सुविधा फिर्ता गरे ।

आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै तनहुँमा आफुले चढ्दै आईरहेको सवारी फिर्ता गर्ने उनी पहिलो जनप्रतिनिधि हुन् । उनले फेरि पनि मेयरमा दोहोरिनलाई पार्टीमा आकांक्षा देखाएका छन् । कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले उनीसहित १० जना आकांक्षी मेयरको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।

तर अब मेयरको उम्मेद्‌वार नभए पनि सरकारी सवारीको प्रयोग गर्ने मेयर गुरुङको उद्घोष छ । निर्वाचन आचारसंहिता सुरु भएलगत्तै सवारी फिर्ता गर्न चाहे पनि कार्यालयको कामको कारण ढिलाइ भएको उनको भनाइ छ । ‘निर्वाचन नजिकिएकाले अब नगरपालिकाले सवारी प्रयोग नगर्नेगरी फिर्ता गरेको छु’, उनले अगाडि थप्दै भने, ‘अब मेयरको उम्मेद्‌वार भए पनि नभए पनि सवारीको सुविधा लिन्नँ ।’

निर्वाचनको प्रक्रियामा सहभागी भएर जनताको सेवक बन्ने अवसर पाएर सरकारले दिएको सुविधामध्ये सवारी सुविधा फिर्ता गरेको उनले बताए । अघिल्लो निर्वाचनमा शुक्लागण्डकीमा कांग्रेस र माओवादीको गठबन्धन थियो । नेपाली कांग्रेसबाट मेयरमा किसान गुरुङले नौ हजार ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।

एमालेबाट मेयरका उम्मेद्‌वार बनेका रामचन्द्र उपाध्यायले  आठ हजार ७०५ मत पाए । उपमेयरमा एमालेकी सविता रसाईली आठ हजार ९८३ मतका साग विजयी भएकी थिइन् । माओवादीबाट उपमेयरमा उम्मेद्‌वारी दिएकी सर्वदा खनालले सात हजार ४३६ मत पाएकी थिइन् ।

यसपालि गठबन्धन भए पनि शुक्लागण्डकीमा मेयर माओवादीले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ । माओवादीले पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालालाई मेयर उम्मेद्‌वारमा सिफारिस गरिएको छ । कांग्रेसले  पैँचो तिर्दै शुक्लागण्डकीको मेयर माओवादीलाई दिनुपर्ने अन्यथा तालमेल नहुने बताउँदै आइरहेको छ । एकीकृत समाजवादीको पनि शुक्लागण्डकीमा दाबी छ । एकीकृत समाजवादीले शुक्लागण्डकीमा चित्रबहादुर थापालाई मेयरको उम्मेद्‌वार बनाउने निधो गरेको छ ।

एमालेबाट भने तीन जनाको नाम मेयरमा सिफारिस छ । हालकी उपमेयर सविता रसाइली, मुक्ति तिम्लिसिना र श्यामराजा महतको नाम सिफारिस भएको हो । यदि गठबन्धन नभएको खण्डमा शुक्लागण्डकीको चुनावी भिडन्त रोचक हुने देखिन्छ ।

वडाध्यक्षले पनि फिर्ता गरे मोटरसाईकल

भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले पनि आफूले प्रयोग गर्दै आइरहेको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । उनले चढ्ने ग १ ब १०६९ नम्बरको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहाललाई फिर्ता गरे । वडाध्यक्ष थापा नेकपा एमालेको तर्फबाट भिमादमा मेयरका आकांक्षी हुन् ।

निर्वाचनको बेला सरकारी सवारी चढ्न उपयुक्त नहुने भएकाले फिर्ता गरेको उनले बताए । ‘वडाको कामकाजका लागि पनि अब सरकारी मोटरसाइकल प्रयोग गर्ने निर्णय गरेर फिर्ता गरेको छु’, उनले भने । भिमादमा सरकारी सवारी फिर्ता गर्ने उनी पहिलो जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • एनपिएलः आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

  • समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

  • एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

    एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

  • मल्कवाङमा पहिलोपटक बस पुग्यो

    मल्कवाङमा पहिलोपटक बस पुग्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर १७ गते बुधबार

    २०८२ मंसिर १७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

    समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

    एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

    एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्चारमन्त्री खरेल

    मल्कवाङमा पहिलोपटक बस पुग्यो

    मल्कवाङमा पहिलोपटक बस पुग्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution