Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्थानीयको अवरोधका कारण सुरुङमार्ग निर्माणको काम ५ दिनदेखि ठप्प

६१९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (३ साल अघि)
स्थानीयको अवरोधका कारण सुरुङमार्ग निर्माणको काम ५ दिनदेखि ठप्प

धादिङ,०३ बैशाख।
चन्द्रागिरि नगरपालिका–२ का स्थानीयको अबरोधका कारण पाँच दिनदेखि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण रोकिएको छ । सुरुङ खन्न थालेपछि पानीका मुहान सुकेको भन्दै गत चैत २८ गतेदेखी स्थानीयले निर्माणमा अवरोध गर्दै आएका छन्। यही वडाका स्थानीयले धादिङतर्फ पनि निर्माणको काम अघि बढ्न दिएका छैनन्।

स्थानीयले चैत २८ र २९ गते टुटिपाखामा रहेको निर्माण कम्पनी हाज्मा एन्डो र परामर्शदाताको कार्यालय तोडफोड गरेको आयोजनाले जनाएको छ । यसअघि स्थानीयले २०७७ फागुनमा आजीवन निःशुल्क खानेपानीको व्यवस्थापन गर्नुपर्नेलगायत ८ बुँदे माग आयोजनासमक्ष राखेका थिए । तर आफूहरूका माग पूरा नगरिएको वडा नम्बर २ वडा अध्यक्ष गोपी सुर्खेतीले बताउनुभयो । खानेपानीलगायतका माग राखेर निर्माण कम्पनीको कार्यालय पुग्दा प्रहरीले हस्तक्षेप गरेपछि झपड भएको उहाँको दाबी छ ।

वडाध्यक्ष सुर्खेतीकै नेतृत्वमा गएको टोलीले कार्यालय तोडफोड गरेको आयोजना स्रोतको दाबी छ । तर सुर्खेतीले भने आफूहरूले केही तोडफोड नगरेको बताउनुभयो । वार्तामा बसिरहेका बेला स्थानीयमाथि प्रहरी हस्तक्षेप हुँदा स्थानीय आक्रोशित बनेको उहाँको भनाइ छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले वार्ताबाट समस्या समाधानको प्रयास भइरहेको बताउनुभयो । तीव्र गतिमा निर्माणको काम भइरहेको समयमा अचानक अहिले आएर काम रोकिएको भन्दे शाक्यले वार्ता भइरहेकाले छिट्टै समस्या समाधान भएर निर्माणको काम अघि बढ्ने बताउनुभएको छ।

पानीको समस्या भएका ठाउँमा सुक्खायाममा आयोजनाले डेढ महिनासम्म ट्यांकरबाट पानी उपलब्ध गराउने शाक्यले बताउनुभयो।
पानी तान्ने पम्प परिवर्तन गर्ने र त्यसका लागि एउटै पम्पको डेढ÷दुई करोड रुपैयाँ पर्ने भन्दे शाक्उले यसका लागि अध्ययन गरेर काम गर्नुपर्ने बताउनुभयो।पम्प जडान हुने बेलासम्म सुक्खायाममा ट्यांकरबाट पानी उपलब्ध गराइने उहाँको भनाइ छ ।

अहिले प्रतिदिन ५ ट्यांकर पानी उपलब्ध गराइराखेको भन्दै उहाँले त्यसले नपुगे प्रतिदिन १० ट्यांकर पानी दिन तयार रहेको तर आफूहरूका माग पूरा भएनन् भनेर कार्यालय तोडफोड गर्नु गलत रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक शाक्यको भनाई छ।

प्रतिक्रिया दिनुहोस
धुनिबेशी नगरपालिका सम्बन्धि थप
  • निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution