
काठमाडौंको होटल र्याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको दुई दिने (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ ।
अफेयर्स एजुकेशन एन्ड मिडियाले आयोजना गरेको यस एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरुको बारेमा जानकारी प्रदान गरिनेछ । नेपाली विद्यार्थी र अभिभावकहरुलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरेको हो ।
शैक्षिक मेलामा नयाँ पाठ्याक्रमहरु, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरुबारेमा विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराइने जनाइएको छ ।
भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरुसँग प्रत्यक्ष कुराकानी गरी ३५ वटा भन्दा बढी प्रमुख विश्वविद्यालयहरुको जानकारी हासिल गर्न सक्नेगरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |