Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वागमती प्रदेश उच्च शैक्षिक संस्थाहरु निमार्ण गर्ने अभियानमा छ : पाण्डे

६२१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (३ साल अघि)
वागमती प्रदेश उच्च शैक्षिक संस्थाहरु निमार्ण गर्ने अभियानमा छ : पाण्डे

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन् । सोमवार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरू बनाउने कार्यमा प्रदेश लागिपरेको दाबी गरे ।

उनले विज्ञान, प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन नगद प्रवद्र्धन कार्यक्रमअन्तर्गत नीति पास गरेको र सोही नीतिको आधारमा छुट्टै ऐन बनाएर वागमती प्रदेश अनुसन्धानका क्षेत्रमा अघि बढ्ने उनले बताए । मुख्यमन्त्री पाण्डेले प्रदेश अनुसन्धानका क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग मिलेर कम गर्न तयार रहेको समेत बताए ।

उनले आगामी बजेटमा प्रदेशले अनुसन्धानका लागि छुट्टै बजेट निकासा गर्ने र कानुनी बन्दोबस्त गरेर प्रदेश हेल्थ रिसर्च काउन्सिल नै निर्माण गरेर जान पनि तयार रहेको बताए । मुख्यमन्त्री पाण्डेले नेपालमा अनुसन्धानका क्षेत्रमा लगानी गर्ने कुरालाई फजुल खर्च भन्ने गरेको पनि बताए । उनले अनुसन्धानको क्षेत्रलाई अन्य ६ प्रदेशले सिक्ने गरेर वागमती प्रदेश अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।

मुख्यमन्त्री पाण्डेले भने, ‘विज्ञान प्रविधिका क्षेत्रमा अध्ययन अनुसन्धान अध्यापन आदिका क्षेत्रमा उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने, आदि कुराहरुमा पनि हामी प्रदेश सरकारको तर्फबाट अघि बढिसकेका छौँ । हामीले भर्खरै उच्च शिक्षासम्बन्धी विधेयक पास गरेका छौँ । त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने र विज्ञान प्रविधिका क्षेत्रका विश्वविद्यालयसम्म पनि जन्माउने तयारी गर्ने आदि कुराहरुमा हामी अघि बढेका छौँ ।

हालै विज्ञान, प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन हामीले नगद प्रवद्र्धन कार्यक्रमका सवालमा एउटा नीति पास गरेका छौँ । त्यो नीतिका आधारमा हामी छिटै नै ऐन बनाउँछौँ र रिसर्चका क्षेत्रमा वागमती प्रदेश छुट्टै ढंगले अघि बढ्नेछ ।’ उनले वागमती प्रदेश हेल्थ रिसर्चका क्षेत्रमा काउन्सिलसँग मिलेर अघि बढ्न तयार रहेको समेत बताए । उनले भने, ‘हामी त्यसका लागि बजेट काट्न, कानुनी बन्दोबस्त गर्न, वागमती प्रदेश हेल्थ रिसर्च काउन्सिल नै निर्माण गरेर जान आवश्यक हुन्छ भनेपनि तयार छौँ । अनुसन्धानका सवालमा खर्च गर्ने हाम्रो बानी कम छ । अनुसन्धानमा भएको खर्चलाई हामीले फजुल खर्च मान्ने गरेका छौँ । बाँकी ६ वटा प्रदेशलाई सिकाउने गरेर हामी वागमती प्रदेशबाट नै अनुसन्धानका लागि काम गर्ने उदाहरण पेश गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution